Comments Add Comment

आज विजयादशमी : टीका लगाउने साइत दिनभरि

२८ असोज काठमाडौ । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी घरघरमा मनाइँदैछ । टीकाको साइत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम भए पनि आजका दिन मान्यजनबाट आशिर्वचनका साथै देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने र शुभसाइत पर्खनु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा टीकाका दिन जुट्ने गर्दछन् । बिहान ९ बजेर २५ मिनेटमा आ-आˆना घरमा विधिपूर्वक राखिएका जमरा विसर्जन गरेपश्चात पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आज दशमीका दिन विसर्जन गरेपछि कोजाग्रत पूणिर्माका दिनसम्म दसैँको टीका लगाउने प्रचलन छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेलो जमरा प्रयोग गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तरगत नवरात्रिका उपलक्ष्यमा आजदेखि ९ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँ घरमा प्रत्येक दिन पूजाअर्चना सहित दूर्गा सप्तशती चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठुलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यस, ऐश्वर्य, वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गर्छन् । आजका दिन अवेरसम्म भए पनि वैदेशिक रोजगारमा गएका आफन्तहरू घर फर्कने क्रम रहने छ । फूलपातीमा घर आउन नभ्याउनेहरू टीकामा भने अवश्य आउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment