Comments Add Comment

गोली ठोक्दिनोस् भन्दै सधैंका लागि विदा भए डा. वाग्ले

७ कात्तिक, काठमाण्डौ । लामो समयदेखि पेटको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । Dr-chitra-pd-wagle

गत आइतबार नियमित परीक्षण गराउन गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्घाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा सेवा गरेका उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।

चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।

१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उनको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।

अधुरै रह्यो दुर्गम जिल्लामा बिरामीको सेवा गर्ने धोको

पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा।चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने गत भदौमा अनलाईखबरलाई दिएको अन्तरवार्तामा बताउनुभएको थियो । राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको थियो ।

‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्माको भनाइ थियो- ‘रहेको जीवनलाई यसै के राख्नु ?’

अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा गत भदौमा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । त्यसबेला उहाँले परिवारको अवस्था सम्झेर आँशु खसाल्दै भन्नुभएको थियो-१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ । परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग त्यसबेला भन्नुभएको थियो ‘९ वर्षीया छोरी ४ कक्षामा पढि्छन्, ६ वर्षीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’

Dr-chitra-pd-wagle-1कि गोली ठोकिदिनोस्

सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया थियो ।सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा। वाग्लेले त्यसबेला अनलाइनखबरसँग भन्नुभएको थियो-त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।

अनलाइनखबरसँग गत भदौमा डा. वाग्लेले गरेको कुराकानी पढ्नोस्

कि गोली हानीदिनुस्, कि देहत्याग गर्न दिनोस् -डा. वाग्ले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment