Comments Add Comment

बहुमत दिए संसारकै विकसित मुलुक बनाउँछौँ : प्रचण्ड

गोपाल दाहाल

७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ । prachandaबिहीवार धरानको भानुचौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले देशको विकास हुन नसकेको भन्दै एमाओवादीलाई बहुमत दिन आग्रह गर्नु भयो । उहाँले अघिल्लो संविधानसभाबाट चार बर्षमा पनि संविधान बनाउन नसकेको जिम्मेवारी आफुले लिने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।

एमाओवादीलाई बहुमत दिलाउन सहयोग गरे धरानमा विकासको मुल फुटाउने आश्वासन समेत दिनु भयो । स्थानीय निर्वाचनमा नगरपालिकाका मेयरका उम्मेदवारले दिने आश्वासन जस्तै गरी उहाँले धरानको खानेपानी समस्या समाधान गर्ने, धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्ने र धरानका सुकुम्बासीहरुलाई धनीपुर्जाको व्यवश्था गर्ने आश्वासन बाँडनु भयो ।

आमसभामा बोल्दै सुनसरी क्षेत्र नं १ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष तर्फको उमेदवार बन्नु भएका मुक्सामहाङ मेयाङवोले पनि आफुले जीते सुनसरी क्षेत्र नं. १ लाई पुर्वकै पर्यटकिय नाका बनाउने आश्वासन दिनु भयो । उहाँलेपनि धरानको खानेपानी, बसपार्क, सुकुम्बासी समस्या समधानको पहल गर्ने बताउनु भयो । प्रचण्ड आएको मौकामा एमाओवादीले विभिन्न पार्टीबाट आएका डेढ दर्जनलाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेशको घोषणा गरिएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङ र पत्रकार जसकुमार राई भने प्रचण्डको हातबाट टिका लगाउने कार्यक्रममा सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment