Comments Add Comment

बिदेशमा पिडीत श्रमिकका लागि एनआरएनद्वारा राहत कोष स्थापना

९ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले खाडी मुलुक र मलेसियामा रोजगारीमा गई ज्यान गुमाएका, अंगभंग भएका तथा अलपत्र परेका पिडीत नेपाली कामदारको सहयोगका लागि आपतकालिन राहत कोष स्थापना गरेको छ ।

गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार काठमाण्डौमा बसेको पहिलो वैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको संघका महासचिव कुमार पन्तले जानकारी दिनुभयो ।

shesh-ghale-3
एनआएरनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शेष घले ।

‘कोषमा अध्यक्ष घले एक्लैले १ करोड रुपैयाँ उपलब्ध गराउनुभएको छ ।’ पन्तले भन्नुभयो-‘ अन्य ठाउँबाट पनि सहयोग जुटाउने क्रम सुरु भएको छ ।’ राहत कोष स्थापना तथा परिचालनको नेतृत्व घलेले नै गर्नुहुने छ । ‘बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा कोष संचालन गरिने छ’ घलेले भन्नुभयो-‘कोषको संचालन स्वतन्त्र निकायले गर्ने र त्यसमा हाम्रो पनि प्रतिनिधित्व हुने बिधि सही हुन सक्छ ।’

कस्ता कामदारलाई राहत दिने, कति दिने, त्यसको संचालन कसले गर्ने लगायतका कार्यबिधि बनाउने काम सुरु भएको घलेले बताउनुभयो । कोषको आकार कम्तीमा ५ करोडको बनाउने आफ्नो योजना रहेको घलेले सुनाउनुभयो ।

एनआरएन भवन निर्माण सुरु हुने

यसैबीच, नयाँ कार्यसमितिले काठमाण्डौंमा गैरआवासीय नेपाली संघको आफ्नै भवन बनाउने कार्यलाई तिब्रता दिने भएको छ । केही दिनअघि मात्रै संघ दर्ता भएपछि भवन निर्माण प्रकृयालाई नयाँ कार्यसमितिले मुख्य प्राथमिकतामा राखेको छ ।

अध्यक्ष घलेको नेतृत्वमा भवन निर्माण समिति बनाइएको छ जसका लागि स्वयं घलेले १ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । ‘एनआरएन पहिलो वैठकमै अन्य पदाधिकारीसहित गरेर दुई करोड रुपैयाँ रकम उठिसकेको छ’ संघका कोषाध्यक्ष डा. बदि्र केसीले भन्नुभयो-‘पहिले नै एक करोड ५० लाख उठिसकेको थियो, अहिलेसम्म कुल ३ करोड ५० लाख रकम जुटिसकेको छ ।’

भवन निर्माण सम्पन्न गर्न थप रकम आवश्यक पर्ने भएकाले विश्वभर छरिएर रहेका सवै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्लाई सहयोग जुटाउने कार्यमा केन्द्रीत हुन बैठकले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एनआरएनको सामूहिक लगानीमा नयाँ पाँच तारे होटल खुल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment