Comments Add Comment

सुनको भाउ ६ सय रुपैयाँ घट्यो

१३ कात्तिक, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ बुधबार भने ओरालो लागेको छ । स्थानिय बजारमा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ५७ हजार २ goldसय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार २ सय ३ रुपैयाँ, सोमबार १ सय रुपैयाँ र मंगलबार ३ सय रुपैयाँ बढेर कारोबार भएको थियो । त्यस्तै, ७ गतेदेखि स्थिर रहेको चँदीको भाउमा पनि बुधबार सामान्य गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा ६ रुपैयाँ घटेर ९ सय ४४ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment