Comments Add Comment

राजेशपायल पूर्वमा व्यस्त, आयोजक भागेपछि कलाकारहरु अलपत्र

गोपाल दाहाल, धरान

किराँती राजा यलम्बरको मूर्ति स्थापना गर्ने भनेर भेडेटारमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आयोजक नै भागेपछि कलाकारहरु अलपत्र परे । कार्यक्रम आयोजना गर्ने भुवन राई र राजेशपायलकै आफन्त नाता पर्ने प्रताप राईले पैसा नदिएपछि कलाकारहरु अलपत्र परेका थिए । rajesh-payal-raiकार्यक्रम सकिँदा आयोजकहरु नै गायब भएपछि गायकहरु विना पैसा फर्किए । प्रायोजकलाई भेडेटार चोकमा कार्यक्रम आयोजना गर्ने भनेर प्रस्ताव पेश गरेपनि कोठाभित्र कार्यक्रम आयोजना गरिएको थियो । दर्शकहरु पचास जनापनि नभएको भन्दै गायक विनोद खम्बुले भने ‘कार्यक्रम सारै झुर भयो ।’

राजेश पूर्वमा व्यस्त

गायक राजेश पायल राई अहिले पूर्वका बिभिन्न ठाउँमा सांगीतिक कार्यक्रममा व्यस्त बनेका छन् । गत शनिबार भेडेटारमा सांगीतिक कार्यक्रम गरेर पुर्वको सांगीतिक यात्रा थालेका उनले त्यसपछि धरानमा लिम्बु भाषाका गीत गाए । अहिले कार्यक्रमकै शिलशिलामा झापामा रहेका राजेश त्यसपछि पुर्वका विभिन्न जिल्लामा पुग्ने तयारीमा छन् ।

हालै सार्वजनिक भएको राजेशको एल्बम ‘दर्शन नमस्ते २’ का गीतले खासै चर्चा नकमाएपनि राजेश पुरानै गीतहरुको साहारामा पुर्वको सांगीतिक यात्रामा निस्किएका हुन् ।

भेडेटारमा आयोजीत कार्यक्रममा राजेशसँगै भिषण मुकारुङ, रेश्मा सुनुवार, विनोद खम्बु र राईमन राईले गीत प्रस्तुत गरेका थिए भने धरानमा आयोजीत याक्थुङ पालामसाँझमा राजेशले एकल प्रस्तुति दिएका थिए । उनले लिम्बु भाषाका केही र आफ्ना नयाँ पुराना गीतहरु गाएर कार्यक्रमलाई रमाईलो पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment