Comments Add Comment

प्राकृतिक ग्यास र पत्थरको अनुसन्धान थाल्न निर्देशन

१३ कात्तिक, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले काठमाडौंमा रहेको प्रकृतिक ग्यास र बहुमूल्य पत्थरको तत्काल अनुसन्धान थाल्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिनुभएको छ । विभागको अनुगमन तथा निरिक्षण पश्चात उहाँले सो निर्देशन दिनुभएको हो ।

देशभित्र रहेको खानीको स्वामित्वका विषयलाई लिएर सरकारी निकायबीच विवाद देखिएको बताउँदे मन्त्री कोइरालाले दरिलो उपस्थितिका साथ आफ्नो अधिकारलाई सुनिश्चित गर्न विभागलाई सुझाव दिनुभयो ।

Khani-Bivag

‘पहिला खानी विभाग उद्योग मन्त्रालयकै सबैभन्दा महत्वपूर्ण अंग थियो, तर अहिले यो विभाग ईञ्जिनीयर नहुने विडम्बनाबाट गुजि्ररहेको छ’ अर्थमन्त्री कोइरालाले भन्नुभयो- ‘विकासका साझेदारी र विश्व विद्यालयसँग सहकार्य गरेर भएपनि यसको प्रभावकारी कार्यशैलीमा वृद्धि ल्याउनुपर्छ ।’

एक दशकअघिसम्म १० प्रतिशत मात्र मागको आपूर्ति धान्न सक्ने क्षमताको सिमेन्ट उत्पादन अहिले आत्मनिर्भर बनाउन विभागले खेलेको भूमिका प्रशंनीय रहेको भन्दै कोइरालाले मन्त्री कोइरालाले भन्नुभयो- ‘तपाईंहरु काम गर्छु भनेर दर्‍हो खुट्टा टेकेर आउनुस्, साधनको कमी हुन दिइने छैन् ।’

उद्योग सचिव कृष्ण ज्ञवालीले गौरवपूर्ण इतिहास, प्रचुर सम्भावना बोकेको विभागको कार्यशैली मलिन हुनु आपै+mमा दुखद् भएको भन्दै जोखिमी उठाउने हिम्मत गर्न आग्रह गर्नुभयो । उहाँले खनिजको अन्वेषण मात्र हैन, त्यसले आर्थिक प्रवर्द्धनमा पुर्‍याउने शूत्र पनि संगसंगै लिएर आउन सल्लाह दिनुभयो ।

विभागका महानिर्देशक सर्वजीतप्रसाद महत्तोले विभागको मातहत खनिज पदार्थ विकास केन्द्र नामको छुट्टै निकाय खोली खनिज उद्योगमा आइपरेका समस्याको समाधान खोज्नुपर्ने खाँचो औंल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment