Comments Add Comment

प्रत्यक्ष कार्यकारी भए तानाशाह जन्मन सक्छः नेपाल

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको प्रणालीले तानाशाह जन्माउन सक्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार समेत रहेका नेपालले मतदाता घरदैलो अभियानका क्रममा ३५ नम्बर वडाको कोटेश्वरमा आयोजित कोणसभामा भन्नुभयो-‘राष्ट्रपति कार्यकारी हुने प्रणालीले तानाशाह जन्माउन सक्छ, त्यसकारण नियन्त्रण र सन्तुलन कायम हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिसहितको शासकीय स्वरुपको प्रणाली उपयुक्त हुन्छ ।’

एमाओवादीले भन्दै आएको सङ्घीयताले देश टुक्रयाउने, नेपालीलाई आपसमा लडाउने जिकिर गर्दै उहाँले आदिवासी जनजाति, मधेसी समुदाय, उत्पीडित, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रलगायत सबैलाई समेट्ने बहुपहिचानसहितको सङ्घीयता मुलुकका लागि आवश्यक रहेको बताउनुभयो ।

संविधान निर्माण र मुलुकको नेतृत्व गर्न असफल एमाओवादी पुनः ठूलो पार्टी बने देश थप सङ्कट र बर्बादीको दिशामा जाने भन्दै नेपालले सचेत बनेर मतदान गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । “ठूलो पार्टी बने पनि युद्धको धङधङी बोकेको एमाओवादीले शिविर कायम राखेर लडाकुको नाममा अर्बौं भ्रष्टाचार गर्‍यो, सबै जातजातिको साझा फूलबारी रहेको मुलुकका जनतालाई लडाएर देशै टुक्रयाउन खोज्यो” नेपालले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment