Comments Add Comment

गोरखामा एमाओवादीद्वारा कांग्रेस नेतामाथि आक्रमणको प्रयास

१३ कात्तिक, काठमाडौं । गोरखामा एमाओवादीका कार्यकर्ताले मिनेन्द्र रिजालसहित नेपाली कांग्रेस नेताहरुमाथि आक्रमणको प्रयास गरेका छन् । गोरखा क्षेत्र नम्बर १ मा पर्ने घैरुङ वतासेमा चुनावी सभालाई सम्बोधन गर्न प्रचार समिति संयोजक रिजालसँगै केन्दि्रय सदस्य सुरेन्द्र पाण्डे र केन्दि्रय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठ गोरखा जानु भएको थियो ।

एमाओवादी कार्यकर्ताले कांग्रेस नेताहरुमाथि लुदीखोलामा आक्रमण गरेका थिए । सुरक्षाकर्मीले हवाई फायर गरेपछि माओवादी भागेको कांग्रसले जनाएको छ । तिनमाने भन्ज्याङमा पनि आक्रमणको प्रयास भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेसले आक्रमणमा पनि आक्रमणमा परी आफ्ना दर्जनौँ कार्यकर्ताहरु गम्भीर घाइते भएको बताएपनि प्रहरीले भने घाइतेको खबर नभएको बताएको छ । आक्रमणमा दुई वटा मोटरसाइकलमा भने क्षति पुगेको प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

शान्तिपूर्ण रुपमा कार्यक्रममा सहभागीहुन पाउने नागरिकको संवैधानिक अधिकारमाथि एमाओवादीले ठाडो हस्तक्षेप गरेको भन्दै कांग्रेसले निन्दा गरेको छ । उसले भनेको छ-‘आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत गर्न र आˆना कार्यकर्तालाई नियन्त्रणमा राख्न तथा यस्ता घटना पुनःनदोहोर्‍याउन कांग्रेस एओवादीलाई चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment