शुक्रबार, १७ असार, २०७३
OnlineKhabar.com

यस्तो छ, चीनको एकमात्र माओकालीन कम्युन

अनलाइनखबर

माओत्सेतुङ पीपुल्स रिपब्लिक अफ चाइनाका संस्थापक हुन । उनको निधन सन् १९७६ मा भएको थियो । चीनको एक सानो गाउँ नानझिकुनमा पुग्ने जो कोहीलाई पनि अहिले पनि माओ शारीरिक रुपमा पनि उपस्थिति छ जस्तो लाग्छ । नानझिकुनमा चीनको अन्तिम माओवादी कम्यून अहिले पनि चलिरहेको छ, जस्तो माओकालमा थियो ।

nanjiecun-communeनानझिकुन गाउँमा बर्षामा होस वा सफा मौसममा, हरेक विहान ६:१५ मा चीनको शक्तिशाली नेता रहेका माओवादीको प्रशांसा गरिएको गीत गुन्जिन्छ । यो आवाज सुनाउन सडकको किनारामा लाउडस्पीकर लगाइएको छ ।

यो गाउँमा त्यो गीत बज्छ, जसलाई सुनेर धेरै चिनियाँहरु आफ्नो र पुर्खाको बचपना र गर्विलो इतिहासको याद गर्छन् । ६० वर्ष पहिले यस्ता कम्यूनहरु जताततै थिए, हरेक शहर र गाउँमा । तर,अब यो यहाँ अर्थात मध्य चीनको हेनान प्राप्तमा मात्र छ ।

गाउँका मानिसहरु आगन्तुकहरुको स्वागत गर्न मन पराउँछन । त्यहाँका अभिलेखहरुमा इतिहासहरु कोरिएका छन् । एतिहासिक तस्वीरमा जर्जर कोटेजको तस्वीर छ । त्यसमै एक चित्र छ, जहाँ कसरी गोरुको सट्टा दुई पुरुष हलो तानेर खेत जोत्छन् भन्ने देखिन्छ । सन् १९६० को दशकमा देशमा लागू नियम कडा थियो । जव चिनियाँ गाउँबाट माओवादी कम्यूनहरु १९८० को दशकमा हट्न सुरु भयो र स्थिति बदलियो ।

नानझिकुनको ग्रामिण बस्तीहरु भव्य बस्तीमा बदलिएको छ र गाउँको प्रवेशद्वारमा परम्परागत चिनियाँ प्रवेश द्वार बनाइएको छ । त्यहाँ माओको विशाल प्रतिमा छ । जसमा अन्य कम्युनिष्ट नायकहरु कार्ल माक्र्स, लेनिन, स्टालिनको पोष्टरसमेत छ ।

यो गाउँमा आफ्नो पत्रिका र रेडियो स्टेशन छ । जसमा हरेक विहान बज्ने माओसँग जोडिएका गीतहरु सुनेर मानिसहरु उठ्छन । टीवी स्टेशनमा विभिन्न समारोहका टेपहरु छन् ।

यहाँ १५ वर्ष पहिले जापानी लगानीमा चाउचाउ उद्योग खुलेको थियो । मानिसहरु चाउचाउको स्वाद चाख्न थालेका छन् । यसलाई पेश गर्ने एक महिलाले हालै मात्र गाउँका एक युवासँग विवाह गरेकी छिन् । ली जुएनजुन नामकी युवती कम्यूनकी सदस्य समेत हुन् । गाउँको नजिकैको भीडभाड र आधुनिक शहरी चीनको जीवनशैलीको तुलनामा यो शान्ति जीवन राम्रो भएको बताउँछिन् ।

नानझिकुनमा कुनै कार गुड्दैन । केही इलेक्ट्रोनिक स्कूटर देखिन्छन् । जसको टू-स्ट्रोक इन्जिनलाई हालै परिर्वतन गरिएको छ । केही तीन पाङ्ग्रे ट्रक गुड्छन् । यो गाउँ सफा छ, कुनै व्यवसायिक विज्ञापन देखिँदैन । तर, धेरै माओवादी व्यानर र नाराहरु भने छन् ।

यहाँ तलब निकै कम छ । ३२ डलर महिनाको पारिश्रमिक छ । तर, कम्यून सदस्य बाहेकका भाडाबाललाई अपार्टमेन्ट, सुविधा, खानाको समान उपलब्ध छ र शिक्षा पनि निःशुल्क छ ।

२०७० मंसिर १४ गते २०:२७ मा प्रकाशित

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
९ प्रतिकृयाहरू प्राप्त
  • Shovaram Devkota लेख्नुहुन्छ    |   २०७० मंसिर १४ गते २०:३६

    model is preparing in Nepal but not functioning properly,also many problems are there in commune,i heared.

  • jagatprasad regmi लेख्नुहुन्छ    |   २०७० मंसिर १५ गते ८:४०

    kamiun lai badai tar tapaile maobadi vannu vayo mao bad chaina ma mao le asukar gareka hun mao bichar ho bad le mao ko badnam garnako lagi ugra panthi le layeko nara ho sidanta bad hoina bichar ho asukar gareko thio jati bela mao jait ra tehi thie
    china communist parti ko 20 adibesan le badlai

  • krishna लेख्नुहुन्छ    |   २०७० मंसिर १६ गते १९:५०

    चीनको माओको विचार धेरै राम्रो मा एसलाइ कदर गर्छु तर नेपालमा भोट माग्ने र सत्ता कब्जा गर्ने आलिशान महल जोड्ने भाँडो भएको छ माओको विचार

  • krishna लेख्नुहुन्छ    |   २०७० मंसिर १६ गते १९:५५

    चीनको माओको विचार धेरै राम्रो मा एसलाइ कदर गर्छु तर नेपालमा भोट माग्ने र सत्ता कब्जा गर्ने आलिशान महल जोड्ने भाँडो भएको छ माओको विचार र सिद्दान्तलाइ कुल्चेर यिनेताहरुले भारतीय विस्तार साम्राज्य को बाटो हिडेका छन् यी नेता हरुle

  • RB BUDHA लेख्नुहुन्छ    |   २०७० मंसिर १६ गते १९:५७

    सँसारभरि आज पुजिवाद हावि भ एपनि समयको प्रबाह सँगै एक दिन कम्युनको जमाना आऊने छ ।

  • DHRUBA RAJ PANERU लेख्नुहुन्छ    |   २०७० मंसिर १७ गते १५:४७

    सँसारभरि आज पुजिवाद हावि भ एपनि समयको प्रबाह सँगै एक दिन कम्युनको जमाना आऊने छ

  • KINJAL लेख्नुहुन्छ    |   २०७० मंसिर १८ गते १०:४३

    यो गाउँमा आफ्नो पत्रिका र रेडियो स्टेशन छ । जसमा हरेक विहान बज्ने माओसँग जोडिएका गीतहरु सुनेर मानिसहरु उठ्छन । टीवी स्टेशनमा विभिन्न समारोहका टेपहरु छन् ।

  • suraj chaudhary लेख्नुहुन्छ    |   २०७० मंसिर १८ गते १६:५४

    …… tara Nepalma ta commuin ko khol udher saasan garne naam matrakaa co. haruko kami chhaina. Yesta punjibaadi dhaarkaa co. jo paisha thuparnamaa khappis chhan tinlai chinnu jaruri chha.

  • Binod kumar Shrestha लेख्नुहुन्छ    |   २०७० मंसिर १९ गते २०:२७

    mao lae ma ekdam kam bhuje jasto lagcha tara tulanatmak sabdha ma bhannu parda uni jun bicharlae viswas garthe tyo samagra des ko utthan ko lage thiyo aja chin wo prati garvha garcha.
    mao ghar ko ajan bhanda tol ko suntarta ma biswas garthe.
    ghar ko bharyange bhanda pull ko Majbuti ma viswas garthe.
    yabat udhaharan lae kelauda pragati badh nae mao ko darsan ho .

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this