0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सबैभन्दा बढी यात्रु बोक्ने बुद्ध एयर, निगम पाँचौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १७ गते १२:३०

१७ मंसिर, काठमाडौं । निजी क्षेत्रको एयरलाइन्स कम्पनी बुद्ध एयरले आन्तरिक हवाई उड्डयन बजारमा पहिलो स्थान कायम राखेको छ । यस वर्षको जनवरीदेखि अगष्टसम्म बुद्ध एयरले ५ लाख ७८ हजार ९ सय १८ यात्रुलाई सेवा प्रदान गरेर पहिलो स्थान कायम राख्न सफल भएको हो । विगत पाँच वर्षदेखि बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी बन्दै आएको छ ।

Nepal-air-&-Buddha-airविमानस्थलको तथ्याङ्कअनुसार जनवरीदेखि अगष्टसम्म देशभित्र हवाई यात्रा गर्नेको संख्या ५ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो सोही अवधिमा १० लाख २६ हजार ७ सय यात्रुले हवाई यात्रा गरेकोमा यस वर्ष जम्मा ९ लाख ७५ हजार ६ सय ८६ यात्रुले हवाई यात्रा गरेका छन् ।

यस वर्ष सबैभन्दा बढी वषर्ात भएका कारण आन्तरिक उडान धेरै रद्द हुन पुगेका थिए । आठ महिनाको अवधिमा जम्मा ४१ हजार ९ सय ६३ हवाई आवागमन भएको छ । जबकी सन् २०१२ को यहि अवधिमा ४४ ९ सय ३४ आवागमन भएको थियो ।

त्यसैगरी, यती एयरले दोस्रो स्थान ओगट्न सफल भएको छ । तथ्याङ्कअनुसार यती एयरले ८ महिनामा २ लाख ८२ हजार ६ सय १६ यात्रुलाई सेवा दिएको छ । यस अवधिमा तारा एयरले ४४ हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । अग्नी र गुण एयरलाइन्स बन्द भएपछि बुद्ध एयर र यती एयर मालामाल हुन पुगेका हुन ।

बन्द अवस्थामा रहेका गुण एयरलाइन्स किनेर आफ्नो नाम दिएको सिमि्रक एयरलाइन्सले यो अवधिमा ३६ हजार ४ सय ६६ यात्रुलाई सेवा दिएको छ । सिमि्रकले ‘डबल इन्जिन’ सेवा सञ्चालन गरेको छ । यसअघि सिमि्रकले हेलिकप्टर सेवा सञ्चालन गर्दै आएको थियो । यस अवधिमा सिमि्रकले पाएको यात्रु हिस्सा ३.७ प्रतिशत हो ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायु सेवा निगम भने पाँचौं स्थानमा झरेको छ । निगमले ८ महिनामा जम्मा १६ हजार ७ सय ६६ यात्रुलाई सेवा दिएको छ । पछिल्लो समय निगमसँग जहाज नभएका कारण उडान संख्या अत्यन्त न्यून रहेको छ । विमानविहीन निगमले आगामी दूई महिनाभित्रमा २ वटा नयाँ जहाज चीनबाट ल्याउँदै छ । चीन-नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ सिटको हार्विन वाई-१२ र ५८ सिटयुक्त एमए-६० विमान नेपाललाई प्रदान गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?