Comments Add Comment

अस्ट्रेलियामा लुम्बिनी कपिलबस्तु दिवस अभियानको पांचौ वार्षिक उत्सव मनाइयो

मेलबर्न । अस्ट्रेलियामा लुम्बिनी कपिलबस्तु दिवस अभियानको पांचौ वार्षिक उत्सव मनाइएको छ । लुम्बिनी कपिलवस्तु दिवसले आफ्नो पाचौं बाषिर्की बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाउने क्रममा अस्ट्रेलियाका दुई ठूला शहर सिड्नी र मेलबर्नमा आयोजना गरिएको कार्यक्रम एउटै कार्यक्रको रुपमा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक खड्काले नेपालीको पहिचान र भावनासंग जोडिएका बुद्ध, सगरमाथा जस्ता विषयको बारेमा प्रचार प्रसार गर्नु हरेक नेपालीको कर्तब्य भएको बताउनु भयो । यस्ता कार्यक्रमहरुमा महाबाणिज्यदूतको कार्यालयको सधै साथ रहने प्रतिवद्धता उहाँको रहेको थियो ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले अभियानले हालसम्म गरेका उपलब्धी र गतिबिधिको फेहरिस्त पेश गर्दै विश्वस्तरीय ब्यक्ति र संस्थाहरुले लुम्बिनी बिकास र प्रबर्द्धनलाई उच्च प्राथमिकतामा पार्दा हाम्रो तर्फबाट भने त्यसो हुन नसक्ता कतिपय ठाउँमा हिनताबोध गर्न पर्न अवस्था सिर्जना भएको उदाहरण पेश गर्नु भयो । अभियान शुरु भएको छोटो समयमा गुगलमा भएको गल्ती सच्याउने मात्रै नभएर गुगलमा बुद्धको सही जानकारी सहितका सामग्री थुप्रै पाइने बनाउन र फेसबुकमा दशौं लाख फ्यान भएका पिबिएस, ब्रिटिश म्युजियम र जाकारीयाहरु जस्ताका पेजहरुमा उनीहरुले बुद्ध जन्मस्थल बिषयमा दिएका गलत जानकारी सच्याउन दबाब दिने जस्ता गतिबिधिका कारण गुगल र फेसबुकमा बुद्ध जन्मस्थल बिषयमा सकारात्मक जानकारीको बढीका ल्याएर गुगल र फेसबुक क्रान्ति ल्याएको बताउनु भयो ।

बिभिन्न देशमा भएको पाठ्यपुस्तकमा भएको गलत जानकारी नै समस्याको जरो भएकोले मूलतः कोरियाको पाठ्य पुस्तकमा सच्याउन शुरु गरिएको कामका साथै अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डलाई बुद्ध नेपालमा जन्मनु भएको भन्ने लिखित जानकारी सहित बिश्व शान्तिका प्रतिक बुद्धको मूर्ति उपहार दिएको र अन्तर्राष्ट्रिय मुद्धा मामिलाहरुको अन्तिम निणर्य गर्ने राष्ट्रसंघको अभिन्न अङ्ग नेदरर्याण्डको हेगस्थित अन्तराष्ट्रिय न्यायालयमा शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा बुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित प्रतिस्थापन गरिएको कार्यलाई अन्य देशहरुमा निरन्तरता दिने कार्य अभियानको प्राथमिकतामा रहेको बताउनु भयो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बुद्ध नेपालका राष्ट्रिय विभुति भएकाले उनको योगदानको चर्चा गर्दै त्यसबारे फैलिएका भ्रम प्रष्टपार्न अभियानले खेलेको योगदानको चर्चा गरेका थिए । आगामि दिनमा एनआरएन पनि यो अभियानमा हातमा हात मिलाउदै अघि बढ्ने बताउनु भयो ।

नेप्लिज एसोसियशन अफ भिक्टोरियाका अध्यक्ष बम योन्जनले विश्व संपदा सूचिमा परेका हाम्रा अमूल्य निधिको हामीले यथोचित सम्मन दिन नसकेको सन्दर्भमा अभियानले बिश्वब्यापी रुपमा निर्बाह गरिरहेको भूमिकालाई उत्प्रेरित गर्न एनआरएनले बिस्वमा बुद्ध र सगरमाथा प्रबर्द्धन कार्यमा जुटनु पर्ने बताउँनु भयो । एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेलले बुद्ध र बुद्धिज्मको चर्चा गर्दै यस्को धार्मिक मात्रै नभएर बहुआयामिक महत्व भएको बताउँदै अभियानको उद्धेस्य प्राप्तीमा सहयोग र सहकार्य गर्न लालायित भएको बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका काउन्सिलर सु बोल्टनले ईतिहास र संस्कृति जोगाउने काम महत्वपूर्ण हुने बताउँदै नेपाली समुदायसंग मिलेर काम गर्न सधैं तयार रहेको बताउनु भयो । स्पोन्सरका तर्फबाट मेरो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक डा महेश भण्डारीले अभियानले सबैको भावना र चाहनानुरुपको महान कार्यमा लागेकोले यस्को कार्यमा सहभागी हुन पाउँदा गर्बानुभूति महसूस भएको बताउनु भयो ।

कार्यमक्रममा अभियानको अनलाइन स्मारिका बिमोचन गरिनुका साथै नेपाली संचार मेडिया, नेपाली पत्र, नमस्ते नेपाल न्यूज, नेपाली टाइम्स अस्ट्रेलिया, एमएनटिभी र असनेपाल न्यूजलाई लुम्बिनी कपिलवस्तु दिवस अभियान मेडीया अवार्ड २०१३, गत बुद्ध जयन्तीमा लगातार २४ घण्टा बुद्ध र लुम्बिनी बिषयमा कार्यक्रम संचालन गरी नेपाली संचार जगतमा रेकर्डकायम गर्ने नेपाली संचार मेडियालाई लुम्बिनी कपिलवस्तु दिवस अभियान ग्लोबल अवार्ड २०१३, सोही कार्यक्रममा लगातार १५ घण्टा भन्दाबढी कार्यक्रम संचालन गर्ने सौगात आशिक र नेपालबाट रास्ट्रपति उपस्थित भएको कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र बिभिन्न बिशेष ब्यक्तिसंग कुराकानी गर्न बिगेन तुलाधरलाई लुम्बिनी कपिलवस्तु दिवस अभियान बिशेष अवार्ड २०१३, र नेपालका बिभिन्न भागमा बिभिन्न परियोजना मार्फत सहयोग पुर्याउँदै आउनु हुने ब्राड क्लार्क र ग्राहेम केण्टलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियान नेपालको साथी अवार्ड २०१३ द्धारा बिभुषित गरिएको थियो । सौगात असिक र बिगेन तुलाधरलाई भने नेपालमा हुने पौष ६ गतेको कार्यक्रममा उक्त सम्मान प्रदान गरिनेछ ।

कार्यक्रम भरत प्रशाद सिंखडाको सभापतित्वमा भएको थियो । सिडनीबाट पहिलो पूर्व मिस नेपाल अष्ट्रेलिया ॠचा धिताल र मेलबर्नबाट मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाहले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली संचारका प्रबन्ध निर्दशक प्रमोद के सोनीले स्वागत र नेप्लिज भ्वाइसका संपादक रामजी पौयालले धन्यवाद मन्तब्य दिनु भएको थियो । अवार्डप्राप्त गर्नहरुका तर्फबाट नेपाली पत्रका संपादक ॠषी आचार्यले बोल्नु भएको थियो भने गायक रन्जन बैध्यले जहाँ छन बुद्धका आाखा गीत गाउानु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment