Comments Add Comment

मिस अर्थमा रोजिशालाई दुई एवार्ड

फिलिपिन्सको मुन्टिनलुपा सिटीको अलाबाङस्थित भर्साइल्स् प्यालेसमा भोली शनिबार हुने मिस अर्थको १३ औं संस्करणमा नेपालका तर्फबाट सहभागी रोजिशा शाहीलाई सिल्भर मेडल प्राप्त भएको छ ।

उनलाई लङ गाउन कम्पिटिसनमा सिल्भर मेडल प्राप्त भएको हो । यसअघि प्रारम्भिक चरणको प्रतिस्पर्धात्मक ‘टास्क वर्क’अन्तर्गत रोजिशाले आफ्नो नाममा एउटा गोल्ड मेडल सुरक्षित गरिसकेकी छिन् । रोजिशाले चाइल्ड फ्रेन्डली विधाको ग्रुप एवार्डमा उक्त गोल्ड मेडल हात पारेकी हुन् ।

Rojisha-Shahi-Thakuri-Tenzin-Tseten-Bhutia-1ललितपुर निवासी २० वर्षिय रोजिशाले मिस नेपाल २०१३ मा फस्ट रनर्सअपको उपाधि जितेपछि मिस अर्थ २०१३ मा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर पाएकी हुन् ।

विश्वव्यापी रुपमा वातावरण संरक्षण अभियानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सुन्दरीको खोजीमा सञ्चालन हुँदै आएको मिस अर्थको यस पटकको संस्करणमा नेपाललगायत विश्वका ९० वटा मुलुकको सहभागिता छ ।

Rojisha-Shahi-Thakuri-Tenzin-Tseten-Bhutia

1451986_250567478430879_499968793_n

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment