Comments Add Comment

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)

२४ मंसिर, काठमाण्डौ । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइरहेका रेग्मीको सोमवार विहान निधन भएको हो । करिब पौने ६ बजे निधन भएका निर्देशक शिव रेग्मीको पार्थिव शरीरलाई चितवन लगिएको छ । उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर उनकै गृहजिल्ला चितवन लगिएको हो ।shiva-regmi-deathबयोधा अस्पतालमा केही दिन देखि उनको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।  चलचित्र आफन्तबाट नेपाली सिने नगरीमा निर्देशकको रुपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश चलचित्रले सुपरहिटको व्यापार गरेका छन् । नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका चलचित्रको निर्देशन गरेका थिए ।  उनले बनाएको दुई चलचित्र मनले मनलाई छुन्छ र पराई प्रदर्शनका लागि तयार भएका छन् ।

shiva-regmi-death-1

शिव रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरुको बाक्लो  भिड बयोधा अस्पतालमा लागेको थियो । वि.सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीले नाटकबाट आफ्नो कला यात्राको थालनी गरेका थिए । रेग्मीले राष्ट्रिय तथा विभिन्न अवार्डहरु जितेका छन् । उनको १ श्रीमती, १ छोरा र १ छोरी छन् ।

shiva-regmi-death-2

shiva-regmi-death-5

shiva-regmi-death-3

shiva-regmi-death-4

तस्बिर : अजय महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment