Comments Add Comment

विश्वकपको तयारी : पूर्वाधार निर्माण र अभ्यास खेलमा जोड

२८ मंसिर, काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेटको तयारीका लागि कार्ययोजना बनाउन गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई प्रतिवेदन बुझाएको छ ।

T-20-world-cupनेपाल बंगलादेशमा हुने विश्वकपका लागि छनोट भएपछि राखेपले विश्वकपको तयारीका लागि गर्नु पर्ने तत्कालीन र दिर्घकालिन कामको कार्ययोजना बनाउन राखेप खेलकुद विकास विभागका प्रमुख प्रकास चन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले विश्वकपको तयारीका लागि झण्डै ४ करोड खर्च गर्नु पर्ने सुझाव दिएको छ । भौतिक पूर्वाधार निर्माण र अभ्यास खेलका लागि ३ करोड ८३ लाख लाग्ने बताएको हो । पहिलो चरणमा प्रतियोगिता तयारीको लागि पूर्वाधार निर्माणको लागि १ करोड ५३ लाख ८ हजार र अभ्यास खेल र एक दिवसीय प्रतियोगिताको लागि २ करोड ३० लाख ४० हजार रहेको छ ।

कार्यदलले त्रिवि मैदान कीर्तिपुरको स्तरोन्नतीसँगै जिमहलको सुधार गर्ने, इन्डोर हलको निर्माण, नेट र टर्फको व्यवस्था गर्न सुझाव दिएको छ । प्रतियोगितामा अन्तराष्ट्रिय भ्रमण र अभ्यास म्याचलाई समेत जोड दिएइको छ । श्रीलंका र न्यूजील्याण्डमा अभ्यास म्याच र एकदिवसीय म्याचको व्यवस्था गर्नु पर्ने औल्याइएको छ ।

प्रतियोगिताका लागि आवश्यक रकम क्रिकेटको लागि विनियोजन गरेको बजेट र भौतिक पूर्वाधारको लागि मौजुदा रहेको ४० लाखबाट काम सुरु गर्ने र नपुग रकम सरकारसंग माग्ने सदस्य सचिव युवराज लामाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment