Comments Add Comment

एक वर्षमा संविधान नबने जनमत सङ्ग्रह – माधव नेपाल

६ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्र नयाँ संविधान जारी हुन नसके विवादित विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताउनुभएको छ । काठमाडौंको वज्रयोगिनी गाविस घुमारचोकस्थित उग्रतारा निम्नमाध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास गर्दै नेता नेपालले ६ महिनाभित्र मस्यौदा र एक वर्षभित्र संविधान जारी गरेर मुलुकलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने बताउनुभयो ।

madhav-nepalकार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘संविधानमा विवादित सवालमा सहमति हुन नसके समस्यालाई अल्झाएर राख्नुहुँदैन, जनमतसङ्ग्रहमा जानुपर्छ ।’ केही दलका आग्रहहरु समझदारीमा परिणत हुन लागेको र अब चाँडै संविधानसभाको बैठक बस्ने जानकारी पनि उहाँले दिनुभयो ।

वरिष्ठ नेता नेपालले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थिरता, विधिको शासन र सुशासनका माध्यमबाट आर्थिक विकास आवश्यक भएकाले अब त्यसतर्फ सबैलाई योगदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेता नेपालले ३० हजार अमेरिकी डलरमा बन्न लागेको सो विद्यालयको नयाँ चारकोठे भवनको शिलान्यास गर्नुभयो । एकेडेमीको आग्रहमा अमेरिका निवासी भारतीय मूलका व्यवसायी आमिर अलीले सो सहयोग दिनुभएको हो । एकेडेमीका अध्यक्ष हेमप्रसाद पाठकले सो विद्यालय र गाउँलाई नै नमुना बनाउन आफूहले दीर्घकालसम्म सहयोग गर्ने घोषणा गर्नुभयो । तामाङ बस्ती रहेको वज्रयोगिनी गाविसको सो विद्यालयमा एक सय ४० बालबालिका अध्ययन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment