Comments Add Comment

अब स्मार्टफोनबाटै चेक डिपोजिट, बैंक धाइरहनु नपर्ने

बेलायतमा आफ्नो एकाउन्टमा चेक जम्मा गर्न अब बैंक गइरहनु नपर्ने भएको छ ।

smartphoneत्यहाँको केन्द्रीय बैंकले ग्राहकले स्मार्टफोनको माध्यमबाट आफ्नो अकाउन्टमा चेक जम्मा गर्ने अनुमति दिने घोषणा भएको छ । यसका लागि ग्राहकले चेकको तस्वीर खिचेर स्मार्टफोनको माध्यमबाट बैंकलाई पठाउनु पर्ने हुन्छ । यसरी पठाएको तस्वीर फोनमा भने सेभ हुँदैन, जसले फोन चोरी हुँदा पनि कुनै खतरा रहने छैन ।

यसका लागि कानून परिर्वतन गर्न सरकारले परामर्श सुरु गरिसकेको छ । यो प्रविधिबाट दुई दिनमा चेक क्लियर हुनेछ । अहिले आषैत ६ दिन लाग्ने गरेको छ । बार्कलेका मुख्य कार्यकारी एन्टोनी जेनकिंसले नयाँ तरिका सुरक्षित भएको बताएका छन् ।

बार्कलेको योजना अनुसार अप्रिल २०१४ मा फोनको माध्यमबाट चेक जम्मा गर्नका लागि एक पाइलट प्रोग्राम सुरु हुनेछ, त्यसपछि सबै ग्राहकका लागि यो सेवा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment