Comments Add Comment

पढ्नलाई दाउरा बेच्छन् बालबालीका

१३ पुस, बझाङ । हिमाली जिल्ला बझाङको विकट गाविस दौलिचौरका अधिकांश बालबालिकाले दाउरा बिक्री गरी आफ्नो पढाइ खर्च जोहो गर्दै आएका छन् ।

जिल्ला शिक्षा कार्यालयले किताब निःशुल्क वितरण गर्ने गरेको भएता पनि उनीहरुले दाउरा बिक्री गरी कापी, कलम, स्कुल ड्रेसलगायतका सामग्री जोहो गर्दै आएका हुन् । विद्यालयको आवश्यक सामान जुटाउन उनीहरुले दाउराको भारी बोकी करिब चार घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुरमा बिक्री गर्ने गरेका छन् ।

स्कुलको पढाइ खर्च जोहो गर्न दाउरा बेच्ने गरेको सदरमुकाम चैनपुरमा दाउरा बिक्री गर्न आएकी दौलिचौर- ८ डोग्री घर भएकी १४ वर्षकी जानकी बोहराले बताइन् । उनले भनिन् दाउरा प्रतिभारी तीनसय रुपैयाँदेखि चारसय सम्म बिक्री गर्ने गरेका छौँ । जानकीसँगै दाउरा बिक्री गर्न आएकी आधाबगर मावि दौलिचौरमा कक्षा ६ मा अध्ययनरत छात्रा रविना बोहराले पनि आफ्नो पढाइ खर्च जुटाउन दाउरा बिक्री गर्न आएको बताइन् ।

महिनाको चार पटकसम्म सदरमुकाम चैनपुरमा दाउरा बिक्री गर्न आउने गरेको उनीहरु बताउँछन् । जिल्लाको चैनपुर, सुवेडा, रिठापाटा, कोटदेवल हेमन्तवाडा, कैलासलगायतका गाविसका अधिकांश महिला तथा बालबालिका दाउरा बेचेर दैनिक गुजारा चलाइरहेका छन् ।

एक दिनमा करिब २ सय ५० भारी दाउरा सदरमुकाम चैनपुरमा बिक्री हुने गरेको होटल व्यवसायी संघका अध्यक्ष ढेप भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “दैनिक ठूलो मात्रामा रुख कटान हँुदासमेत वन कार्यालयका कर्मचारीले कुनै चासो देखाएका छैनन् । सामुदायिक वनले सुकेको र बाङ्गा रुख मात्र काट्न अनुमति दिने गरेको भए पनि स्थानीयले आफूखुसी आलो रुख काटेर बिक्री गर्ने गरेको जिल्ला वन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीले बताउनुभयो ।

जिल्ला वन कार्यालयले वन संरक्षणका लागि समुदायलाई वन हस्तान्तरण गरेको हुँदा सामुदायिक वन उपभोक्ता समितिले नै कारबाहीका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment