Comments Add Comment

भुवनको सभासद् बन्ने सपना अधुरै

३ दिनसम्म काठमाण्डौको गोकर्ण रिसोर्टमा बसेको एमाले स्थायी समितीको बैठकले ८४ जना समानुपातिक सूचिमा परेका सभासदको नाम तय गर्‍यो । तर यो सूचिमा नायक भूवन केसी भने परेनन् ।bhuwan-kcएमालेले निर्वाचन अघि बुझाएको समानुपातिक सूचिमा २८६ नम्बरमा भूवनको नाम थियो । तर निर्वाचनमा पाएको ८४ सिट संख्यामा एमालेले भूवनको नाम समावेश गरेन । प्रत्यक्ष तर्फ टिकट नपाएर खिन्न बनेका नायक केसी समानुपातिकमा पर्नेमा ढुक्क थिए । धेरैले त उनलाई शुभकामना पनि दिइसकेका थिए ।

तर अन्तिम नामाबलीमा उनको नाम समावेश नभएपछि यसपटक पनि उनलाई नेकपा एमालेले लालीपप मात्र खुवाइदियो । यसबारेमा उनको प्रतिक्रिया वुझ्न खोज्दा मोबाइल उठेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment