Comments Add Comment

उधारैमा बन्यो सडक

१३ पुस, जुम्ला । जुम्लाको पटमारा गाविसको उर्थुचौतारादेखि बुम्रमाडीचौर खारा हुँदै मुगुसम्म पुग्ने कृषि ग्रामीण सडक उधारोमा निर्माण गरिएको छ ।

बुम्रमाडीचौर गाविसस्तरीय सडक निर्माण समितिले सवा एक करोड रुपैयाँको लगानीमा उधारोमा सडक निर्माण गरेको हो ।

झन्डै २२ किमि सडक एक वर्षअघि निर्माण भइसक्दा पनि सडक खन्न प्रयोग गरिएको डोजरलाई अहिले पनि ३७ लाख ५० हजार रुपैयाँ दिन बाँकी रहेको सडक निर्माण समितिका अध्यक्ष वृषबहादुर कठायतले बताउनुभयो ।

सो सडक जिल्ला विकास समितिको क्रमागत योजनामा परेको भनिए पनि समुदायको सहयोगमा छिटो सम्पन्न भएको भन्दै अध्यक्ष कठायतले त्यसमा जिल्ला विकास समितिले उल्लेख्य सहयोग नगरेको आरोप लगाउनुभयो ।

यसअघि जिल्ला विकास समितिले प्रत्येक वर्ष सो सडकका लागि २० लाख रुपैयाँ हाल्ने भने पनि त्यो भनाइमा मात्र सीमित रहेको उहाँले बताउनुभयो । बुम्रमाडीचौरका स्थानीय दलबहादुर बुढाले सो सडक निर्माणका लागि गाविसले २४ लाख रुपैयाँ हालेको बताउनुभयो । उहाँले जिविसले सडकमा पैसा हाल्नुभन्दा आएको रकम नै फ्रिज गराएर पठाएको आरोप लगाउनुभयो ।

यता, निमित्त जिल्ला विकास अधिकारी राजेन्द्रप्रसाद पौडेलले भने मन्त्रालयबाट निश्चित आयोजनाको लागि तोकिएको रकम अन्य क्षेत्रमा खर्च गर्न नमिल्ने बताउनुभयो । तर आउँदा दिनमा सो सडक निर्माणका लागि विशेष पहल गर्ने उहाँले बनाउनुभयो ।

अध्यक्ष कठायतले भने डोजर साहुले पैसाको लागि बारम्बार दबाब दिँदा समितिले आर्थिक सहयोगका लागि गुहार माग्दै हिँड्नु परेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment