Comments Add Comment

चिसोले बिरामी बढे

१३ पुस, दाङ । केही दिनयता दाङमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण यतिखेर दाङका अस्पतालमा बिरामीको चाप बढेको अस्पतालहरुले जनाएका छन् ।

तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पनि निमोनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरोलगायतका रोगको उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डाक्टर केदार सेन्चुरीका अनुसार एक हप्तादेखि बढेको अत्यधिक चिसोका कारण अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।

विशेष गरेर बालबालिका र वृद्धवृद्धा त्यस्ता रोगबाट प्रभावित भएका छन् ।

चिसोबाट बच्न बालबालिकालाई बाक्लो न्यायो कपडा ल्ागाउनु पर्ने, अनावश्यक रुपमा चिसोमा बाहिर ननिस्कने, वृद्धवृद्धाले तातो न्यानोमा बस्नु पर्ने, टोपी, मोजा सुइटरलगायतका न्यायो कपडा लगाउनुपर्ने उहाँले बताउनुभयो ।

चिसोका कारण अहिले यहाँका गल्ली चोकलगायतका स्थानमा मानिस ठाउँठाउँमा आगो तापेर बसेका देखिन्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment