Comments Add Comment

भीरबाट लडेर एक महिलाको मृत्यु

सन्तोष रुचाल

१३ पुस, धनकुटा । धनकुटाको चानुवा गाविसमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चानुवा गाविस वडा नं. ७ स्थित पिपलडाँडा नजिकको भीरबाट लडेर संखुवासभाको खराङ गाविस-५ की सरस्वती लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी करिव एकवर्ष अगाडीदेखि चानुवा गाविस-५ स्थित माईती घरमै बस्दै आएकी थिईन् । पारिवारिक कामले तराईतर्फ जान माईतीघरबाट हिंडेकी लोहारको पिपलडाँडाबाट भीरगाउँ गाविसतर्फ जाने क्रममा शुक्रबार घरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र आज पोष्टमार्टम हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment