Comments Add Comment

सम्मान थाप्न हेलिकप्टरबाट बाग्लुङ पुगे जीवन लुइँटेल

शुक्रबार बाग्लुङको एक कलेजको प्राङ्गणमा हेलिकप्टर अवतरण गरियो । धेरैले सोचे कुनै नेता त्यहाँ आउँदैछन् । तर हेलिकप्टरबाट ओर्लिए नायक जीवन लुइटेल । नेपाल जेसीसले आयोजना गरेको सम्मान कार्यक्रमका लागि जीवन पोखराबाट हेलिकप्टरमा बाग्लुङ पुगेका हुन् । केही साथीहरुको साथमा नायक लुइटेल त्यहाँ पुगेका थिए ।jiwan-in-baglungबाग्लुङमा जारी नेपाल जेशिशको अधिवेशनका क्रममा नायक जीवन लुइटेल सहित विभिन्न क्षेत्रका ५ जनालाई राष्ट्रिय युवा पुरस्कार प्रदान गरिएको हो । जसमा संचार क्षेत्रका सक्रिय संचारकर्मी हेम सुवेदी पनि छन् । कार्यक्रममा सम्मानपत्र, मेडल र दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरिएको थियो ।

देशभरबाट छानिएर सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको नायक लुइटेलले अनलाइनखबरलाई बताएका छन् । नायक जीवन लुइटेल नेपाली सिनेमाको लागि चर्चित नाम हो । चलचित्र क्षेत्रमा उनले अभिनय गरेका सबैजसो सिनेमा सफल भएका छन् । हरेक बर्ष नेपाली सिनेमा असफल भइरहेको समयमा पनि जीवन अभिनित अधिकांश सिनेमा सफल मानिन्छन् । यसैले पनि उनी छोटो समयमै चर्चित छन् । नेपाल जेशिशले हरेक बर्ष राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने युवाहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment