Comments Add Comment

जुम्लाका ९० प्रतिशत सरकारी कार्यालय प्रमुखविहीन

१३ पुस, जुम्ला । जुम्ला जिल्लाका ९० प्रतिशत सरकारी कार्यालय अहिले प्रमुखविहीन रहेका छन् ।

सभा, सेमिनार, गोष्ठी र तालिमको बहाना गर्दै कार्यालय प्रमुखहरू तल र्झन थालेपछि जिल्लाका अधिकांश कार्यालय प्रमुखविहीन भएका हुन् । केही सरकारी कार्यालयका प्रमुख भने जानकारी दिएर बिदा, काज र गोष्ठीमा गएका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।

सहरी विकास तथा भवन डिभिजन, जिल्ला हुलाक, सहकारी डिभिजन, महिला तथा बालबालिका कार्यालय त वर्षौदेखि निमित्तले सञ्चालन गरिरहेका छन् । यतिबेला झन् जिल्लाका सबै कार्यालय प्रमुख नहुनुले जनताका विकासका काममा बाधा पुगेको पत्रकार महासंघ, जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले बिदा, काज, गोष्ठी वा तालिमका लागि जानकारी पत्र स्वीकृत नगराएर जाने कार्यालय प्रमुखलाई आवश्यक कारबाही गरिने बताउनुभयो ।

जिल्लाका ४६ वटा सरकारी कार्यालयमध्ये भूसंरक्षण, को.ल.नि.का., नेपाल खाद्य संस्थान, मालपोत, जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मात्र यतिबेला जिल्लामा रहेका छन् ।

यसरी कार्यालय प्रमुख बाहिरिएपछि निमित्त प्रमुखले सकी नसकी सेवाग्रहीलाई चित्त बुझाएर पठाउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment