Comments Add Comment

एमालेका समानुपातिक सभासदको सूची आयोगमा

१३ पुस, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फबाट सभासद बनाइएकाहरुको सूची शनिबार दिउँसो निर्वाचन आयोगमा बुझाएको छ । शुक्रबार साँझ समानुपातिकतर्फबाट संविधानसभामा जाने ८४ जना सभासदको टुंगो लगाएको एमालेले शनिबार दिउँसो आयोगमा सूची बुझाएको हो ।

एमालेका सचिव विष्णु पौडेलको नेतृत्वमा गएको एमाले नेताहरुको टोली सभासदहरुको सूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले बताउनुभयो ।

‘एमालेले समानुपातिकका सभासदहरुको सूची बुझाएपछि आयोगले तोकेवमोजिम् भए नभएको अध्ययन भइरहेको छ’, प्रवक्ता राईले भन्नुभयो, प्रवक्ता राईले भन्नुभयो, ‘समावेशी र समानुपातिकरुपमा सभासद चयन भए नभएको अध्ययन गरिरहेका छौं ।’

एमालेले बुझाएको सूचीमा महिला, दलित, जनजाति, मधेसी, पिछडा वर्ग आदिको समानुपातिक प्रतिनिधत्वको प्रतिशत पुगे नपुगकेको टुंगो गरेपछि एमालेको सूचीलाई औपचारिकता दिइने निर्वाचन आयोगले जनाएको छ । एमाले स्थायी समितिको तीन दिनसम्म गोकर्ण रिर्सोटमा चलेको बैठकले पार्टीको तर्फबाट संविधानसभामा जाने ८४ जना सभासदहरुको शुक्रबार साँझ टुंगो लगाएको छ । कांग्रेस र एकीकृत माओवादीले भने अहिलेसम्म समानुपातिकका सभासदको टुंगो लगाउन सकेका छैनन् । दुवै पार्टी सभासदको अन्तिम टुंगो लगाउने कसरतमा जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment