Comments Add Comment

सिने नगरीबाट तोडिँदैछ आर्यनको मन

aaryan-sigdel

 

विजय आवाज

आकर्षक हेयर स्टाइल, युवतीलाई मोहित पार्ने रुप । झट्ट हेर्दा र सुन्दा नायक आर्यन सिग्देलको जीवन धेरैका लागि लोभलाग्दो छ । एउटा सिनेमा खेलेको ८ लाख रुपैयाँसम्म लिने हिरोको रुपमा परिचित भएपछि त उनको कमाइ धेरैलाई डाहा पनि लाग्छ होला ।

नेपालमा चर्चित ब्यानरमा काम गरेकै छन् । गाडी चढेकै छन् । दिनहुँ मिडियामा समाचार पनि आएकै छ । साँच्चै आर्यन सिग्देल बन्न चाहनेहरुको भीड पनि यहाँ कम छैन ।

जति लोभलाग्दो छ कलाकारको जीवन, दुनियाँ उति नै फरक । हरेक दिन समाचारको पान्नाभित्र कस्ता तस्वीर र विषय पोतिने हो थाहा हुँदैन । एकैछिनमा हाँसो त एकै छिनमा दिक्दारीको बादलले छोइदिन्छ ।

“करिब १८ लाख रुपैयाँ त निर्माताहरुबाट लिनै छ” एक भेटमा नायक आर्यन सिग्देल यस्तै दुखेसो पोखिरहेका थिए । जीवन र स्टाइललाई आपसमा फरक बनाउन नसकेकोमा कुरा काट्नेहरुको कमी पनि छैन उनको । “मनलाई सम्हाल्न सक्नुपर्छ तर कहिलेसम्म ?” आर्यन प्रश्न गर्छन् “कहिलेकाँही त सिनेमा नगरीबाट नै धेरै पर जाऊँजस्तो लाग्छ ।’ तर परको दुनियाँले उनलाई जस्तो देख्छ, नजिकको संसार भने निक्कै भिन्न छ ।

आर्यनको दिक्दारी चरम सिमामा पुगिसकेको छ । “बेअर्थको कुरा काट्ने धेरै भए” उनले फेरि थपे “अगाडि ठिक्क पारेर पछाडि कुरा काट्नेको जमात धेरै भयो, कामप्रतिको लगाव हट्दै जानुको मुख्य चुरो यही नै हो” ।

मानिसको स्वभाव र बुझाइ फरक हुन्छ । काम गराइ पनि फरक हुन्छ । आर्यन पनि यस्तै मध्ये एक हुन् । “गाडी नचढूँ, अनेक कुरा ओकल्छन्, चढूँ आफ्नो मेहनतले कमाएको पैसा दिने छाँटकाँट कसैले देखाउँदैन” उनले गुनासो गरे “आखिर एउटा हिरो कसरी टिकिरहन सक्छ ? ”

गफैगफको क्रममा आर्यनको आफैंप्रति सल्किएको उक्साहट धेरै माथि पुगिसकेको थियो । । तर पनि उनी सम्हालिए । सिनेमा नगरीप्रति उनको माया अथाह छ । “केही फरक गरौं भनेर कम सिनेमा खेल्यो, आर्यन फ्लप भन्नेहरुको संख्या ह्वात्तै बढ्छ । सिनेमा नचल्नुमा गल्ती मेरोमात्र होइन” उनले थपे “जे सोचेर सिनेमा छान्छु, फ्लोरमा धेरै फरक पाउँछु, अनि के गर्ने ?”sad-aaryanआफूलाई हिरो बनाउन अर्कोलाई पातलमा पुर्‍याउने मान्छेको शिकार उनी भएको उनको कुराबाट स्पष्टै हुन्थ्यो । ‘आफू राम्रे बने भैहाल्यो, तर किन अर्कोलाई नराम्रो देखाउनु’, आर्यनले प्रश्न गरे । उनी यस्तो संकारमा हुर्केका होइनन् । आफ्नै जीवनमा रमाउने आर्यन आज कताकता हराएको भान हुन्छ । आज हिरो आर्यन सिग्देलको जीवन बाचिरहेका छन् उनले । तर उनी चाहन्छन् थानकोटको हरिस सिग्देलको जीवन फेरि पनि बाँचु ।

एउटा हिरोको पनि मन हुन्छ, उसलाई पनि मिठो जीवनको कल्पना हुन्छ । समाजमा राम्रै कुरा सुन्न पाउँ भन्ने चाहना राख्छ । तर विना कारण कुरा काटिदिने सिने नगरी र त्यसकै पछि लाग्ने मानिसहरुको भेलमा उनी पर्छन् । यस्तै यस्तै कुराले उनको मन तोडिन थालेको छ । सायद सिनेमा नगरीका लागि हरेक पल सोच्ने एउटा हिरो कुनै दिन यो रंगिन दुनियाँबाट टाढा जान पनि सक्छ । आर्यनको दुखेसोले यस्तो छनक दिन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment