Comments Add Comment

गुगलले बनाउँदै छ आँखाको नानीमा लगाउने लेन्स, जसले पत्ता लगाउने छ डायविटिज

google-smart-contact-lens

नयाँ–नयाँ क्षेत्रमा आफुलाई बिस्तार गर्दै लगिरहेको इन्टरनेट बादशाह गुगलले मधुमेह पत्ता लगाउने नयाँ कन्ट्याक्ट लेन्स निर्माण गर्न लागेको छ ।

गुगलको आधिकारिक ब्लगमा जनाइएअनुसार उसले बिकाश गर्न लागेको कन्ट्याक्ट लेन्सले प्रयोगकर्ताको आँसुमा सुगरको मात्रा कति छ भन्ने मापन गरि हरेक सेकेण्डमा प्रयोगकर्तालाई जानकारी दिने छ ।

गुगलका अनुसार अहिले बिश्वमा हरेक १९ जनामध्ये एक जना सुगरका बिरामी छन् । रगममा सुगरको मात्रा बढेमा आँखा, मृगौला र मुटुमा समस्या हुनसक्छ । उनीहरुले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न निकै कष्ट बेहोर्नुपर्छ ।

गुगल एक्स ल्याबले अहिले एउटा स्मार्ट कन्ट्याक्ट लेन्सको बिकाश गरिरहेको जसले आँसुमा चिनीको मात्र कति छ भन्ने मापन गरिरहेको हुन्छ ।

यदि प्रयोगकर्ताको रगतमा चिनीको मात्रा तोकिएको मापदण्डभन्दा माथि जान लागेको अबस्थामा यो स्मार्ट लेन्सले पहिले नै चेतावनी दिने छ ।

‘यो प्रबिधिको बिकाश निकै प्रारम्भिक चरणमा छ, तर हामीले गरेका थुप्रै परिक्षणले एक सेकेण्डमा एकपटक परिक्षण गरि सूचना दिने देखिएको छ’ गुगलको आधिकारिक ब्लगमा भनिएको छ ।

आँखाको नानीमा लगाइने यस्तो स्मार्ट लेन्समा एउटा वायरलेस चिप्स र ग्लुकोज सेन्सर हुने छ जसले आँसुमा ग्लुकोजको मात्रामाथि निगरानी गर्ने छ ।

यसका लागि गुगलले यस्तो प्रबिधियुक्त कन्ट्याक्ट लेन्स बनाउने पार्टनरको खोजी गरिरहेको बताएको छ । यो प्रबिधि प्रयोगकर्तासम्म पुग्न अझै धेरै काम गर्न बाँकी रहेको उसले बताएको छ ।

गुगल एक्स गुगलको नयाँ युनिट हो जसले स्र्माट चस्मा, स्वचालित कार र इन्टरनेट बेलुनजस्ता नयाँ प्रबिधिको बिकाश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment