Comments Add Comment

सेती नदी थुनिँदा २० घर डुवानमा

२ साउन, काठमाडौँ । पोखराको रामघाटस्थित सेती नदी थुनिँदा २० घर डुवानमा परेका छन् । अविरल वर्षा र नदीको मुख थुनिदा शुक्रवार बिहान सेती नदी थुनिँदा २० वटा घर डुवानमा परेको स्थानीयले बताएका छन् ।

अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नदीको मुख खोल्ने काम भइरहेको छ । घर डुवानमा परी फसेकाहरुलाई सेना र प्रहरीले अहिले सुरक्षित स्थानतर्फ सारिएको छ ।

डुवानमा परेका स्थानमा लामो समयदेखि ढुंगा, गिट्टी र बालुवा उत्खनन तीब्र गतिमा भएकाले नदी आसपास गहिरिंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment