Comments Add Comment

राप्रपा नेतृत्वमा राणालाई मान्यता

३ साउन, काठमाडौँ । निर्वाचन आयोगले पुशपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मान्यता दिएको छ ।  राप्रपाका नेता राणा र बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द दुबैले आफू नै पार्टी अध्यक्ष भएको दाबी गरेपछि विवाद चुलिएको थियो ।

दुबै जनताले आफू नै अध्यक्ष भएको दाबी गर्दै पार्टी कार्यालय कब्जा गर्न थालेपछि विवाद निर्वाचन आयोगसमक्ष पुगेको थियो । आजको राजधानी दैनिकले समाचार छापेको छ ।  निर्वाचन आयोगले सर्वसम्मतबाट राणा नेतृत्वको राप्रपालाई मान्यता दिने निर्णय बिहीबार नै गरेको हो ।

आयोगले राणा नेतृत्वको राप्रपालाई मान्यता दिएपपछि चन्द नेतृत्वको राप्रपा भने अदालत गुहार्ने भएको छ । चन्द नेतृत्वको राप्रपा सर्वोच्च अदालतमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध निवेदन दिने केन्द्रीय सदस्य महेश्वर रोकायले बताए ।

उनले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहीपूर्ण भएको आरोप लगाउँदै अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे । अदालतको जस्तो फैसला आएपनि आफूहरु तयार रहेको भन्दै रोकायले पूर्वअध्यक्ष सूर्यवहादुर थापा र राणासँग घुँडा नटेक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment