Comments Add Comment

सिद्धार्थ बैंकले कमायो ७९ करोड नाफा

Siddhartha-Bank--building

२१ साउन काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ मा सिद्धार्थ बैंकले ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा ४८ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

ब्याज आम्दानी र सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएको उल्लेख्य रकम फिर्ता (राइट व्याक) भएपछि बैंकको नाफा बढेको हो । बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको २६ करोड ६४ लाख रुपैयाँ फिर्ता गरेको छ । त्यसैगरी बैंकले अघिल्लो वर्षको भन्दा गत वर्ष १९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

२०७० असार मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ असार मसान्तमा १ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । निक्षेप र कर्जाबीचको व्याज अन्तर (स्प्रेड दर) ४.९४ प्रतिशत रहेको छ ।

गत असारसम्ममा बैंकले ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३३ करोड रुपैयाँ कर्जा लागनी गरेको छ । अघिल्लो असारमा २८ अर्ब ३९ करोड निक्षेप संकलन गरी २३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष बैंकको खराब कर्जामा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष कूल कर्जाको २.३९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष १.६९ प्रतिशतमा झरेको छ ।

वित्तीय विवरणमा उल्लेख भए अनुसार वाषिर्क आधारमा प्रतिसेयर आम्दानी ४३।६४ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीइ रेसियो) १८.५६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ६२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment