Comments Add Comment

इन्धन र सवारीमा ८९ अर्ब बिदेसियो

vansar३० साउन, काठमाडौं । वीरगन्ज भन्सार नाकाबाट गत आव ०७०/०७१ मा सवारी तथा ढुवानीका साधन र पेट्रोलियम पदार्थ आयातबापत ८९ अर्ब ४१ करोड ६१ लाख रुपैयाँभन्दा बढी रकम बिदेसिएको छ । ९० प्रतिशत पेट्रोलियम र सवारीसाधन आयात वीरगन्ज नाकाबाट हुने गर्छ ।

पेट्रोलियम पदार्थ भारतबाटमात्र आयात हुन्छ भने सवारीसाधन भारतसहित तेस्रो मुलुकबाट पनि आउँछन् । वीरगन्ज भन्सारले गत आवमा संकलन गरेको राजस्वको करिब आधा अंश पेट्रोलियम र गाडी आयातकै रहेको कारोबारमा खबर छ । इन्धन र सवारीबाट ३८ अर्ब ५७ करोड ६० लाख राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता टंक पौडेलले बताए ।

पौडेलका अनुसार गत आवमा ६७ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ बराबरको इन्धन आयात भएको छ । यसैगरी सवारीसाधन आयातमा २१ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ बाहिरिएको छ । सवारीसाधनका तुलनामा ३ गुणा बढी राजस्व योगदान दिनेमा साना सवारीसधन रहेका छन् । ११ हजार ४ सय ५ वटा जिपकार तथा भ्यान आयात भएका छन् । यो संख्या अघिल्लो आवभन्दा ४ हजारले बढी हो । जिप, कार र भ्यानबाट १३ अर्ब ५४ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment