Comments Add Comment

जीवनलाई अमेरिकामा सम्मान

jeeva-luitel-at-america1वासिङटन । नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफुले अभिनय गरेको ठूली चलचित्र हेर्न पहिलोपटक अमेरिका आई पुगेका छन् ।

पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफु अमेरिका आएको नायक जीवन लुइँटेलले बताए । अमेरिकामा रहेका आफ्ना प्रशंसक, नेपाली दाजुभाई तथा दिदि बहिनीहरुसँग आफु सँगै बसेर आफ्नो चलचित्र हेर्न पाउनु सौभाग्य भएको बताउँदै उनि दर्शक माझ बसेर पुरै चलचित्र हेरे । कार्यक्रममा नायक जीवन लुइटेललाई ‘यूनाइटेड नेपाल’ले सम्मान पनि गरेको थियो । जीवनलाई सरोज खनालको संस्थाले सम्मान गरेको हो । jiwan-luitel-samman

चलचित्र सुरु हुनु अगाडि जीवन लुइँटेललाई दर्शकले कर्तल ध्वनिले सम्मान गरेका थिए भने उनले आफ्ना दर्शकलाई नेपाली चलचित्र अब अन्तर राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास जारी रहेको छ भन्दै चलचित्र हेर्न आउने सबैलाई हाम्रो मनको चलचित्र भनि हेर्न हुन आग्रह गरेका थिए ।

उक्त चलचित्र हेर्न नायक द्वय सरोज खनाल र किरण केसीको उपस्थितिले नायक जीवन लुइँटेलले भने हाम्रा अग्रजहरुले बनाएको गोरेटोमा पद चिन्हमा हिड्न पाईकोमा गौरब लागेको बताउँदै चलचित्र मनोरन्जनको साथ हेर्न आग्रह गर्दै चलचित्र सुरु भएको थियो । jeeva-luitel-at-america

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment