Comments Add Comment

प्रवलको डिजाइनमा हिमालयदेखि लालीगुराँससम्म

prabal-gurung-himalaya
नेपाली मूलका बिश्वचर्चित फेसन डिजाइनर प्रवल गुरुङले आफ्नो जन्मभूमी र बाल्यकालबाट प्रभावित भइ हिमालय थिममा नयाँ फेसन सेरिज सार्वजनिक गरेका छन् ।

न्यूयोर्क फेसन वीक अन्र्तगत शनिवार भएको रनवेमा गुरुङले हिमालयको थिममा बिभिन्न डिजाइन सार्वजनिक गरे ।

उनको डिजाइनमा हिमाल, हिऊँ, लालीगुराँस लगायतका थिम प्रयोग भएका छन् । न्यूयोर्क टाइम्सले प्रवलले दोस्रोपटक आफ्नो जन्मभूमीबाट प्रभावित भएर डिजाइन सार्वजनिक गरेको बताएको छ ।

निलो र सेतो रंगको बढी प्रयोग गरिएका नयाँ डिजाइनमा उदाउँदो र अस्ताउँदो सूर्य र हिमालयको आकृति प्रयोग गरिएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्रवलको नयाँ डिजाइनलाई निकै तारिफ गरेका छन् ।

नेपाली मूलका प्रवलको डिजाइन बिश्वचर्चित सेलिबि्रटी र उच्च अहोदाका महिलाहरुले रुचाएका छन् । अमेरिकी प्रथम महिला मिसेल ओमाबादेखि बेलायती युवराज्ञी केट मिडलटनसम्मले उनका डिजाइन रुचाएका छन् ।

parbal-gurung-2

prabal-gurung-himalaya-3

parbal-gurung-1parbal-gurung-3

parbal-gurung-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment