Comments Add Comment

संसद बैठक आज बस्ने

२५ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक बुधबार बस्दैछ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहित विभिन्न मधेसवादीदलहरुले अवरोध गर्दै आएको बैठक आजका लागि बोलाइएको संसद सचिवालयले जनाएकोछ ।
विपक्षीदलहरुले विभिन्न माग राखि सदनको कामकारबाही अवरोध गरेपछि यसअघिको बैठक स्थगित भएको थियो ।
संसदमा जारी अवरोध खुलाउन सत्तारुढ दल तथा प्रतिपक्षी दलहरुबीच कुनै छलफल नभएकाले आज पनि बैठक अवरुद्ध हुन सक्ने प्रतिपक्षी दलका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment