Comments Add Comment

आईएमईले सार्वजनिक गर्‍यो दशैंतिहार लक्षित योजनाका पहिलो हप्ताको विजेता

२६ भदौ काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी आईएमई मनी ट्रान्सफरले सञ्चालन गरेको ‘आईएमई विदेशमा परिवार भेट’ योजना अन्तर्गत पहिलो हप्ता विजयी हुनेहरुको नाम सार्वजानिक गरेको छ ।

रकम पठाउनेतर्फ मलेसियामा वैदेशिक रोजगारीको क्रममा रहेका मित्रराज लिम्बु र रकम प्राप्त गर्नेतर्फ काठमाडौंका घनश्याम कार्की विजेता भनेका छन् । लिम्बुलाई आईप्याड र कार्कीले डिजीटल क्यामरा प्रदान गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी दैनिक लक्की ड्रमा पैसा पठाउनेतर्फ मलेसियामा कार्यरत शिवराज विश्वकर्मा, मलेसियाबाटै वानबहादुर पगु, बेलायतबाट शम्भु राई, कुवेतबाट अर्जुन खनाल, मलेसियाबाट रोमबहादुर गाहा, मलेसियाबाट प्रेमबहादुर रोकाया र शेख नेपाली विजेता बनेका छन् । उनहीहरुले स्मार्टफोन प्राप्त गरेका छन् ।

त्यस्तै रकम प्राप्त गर्नेतर्फको दैनिक लक्की ड्रमा पोखराकी सरिता कार्की, काठमाडौंकी सुस्मिता तामाङ, काठमाडौंकै फूर्बु लामु शेर्पा, काठमाडौंकी ललितादेवी शाह, बिर्तामोडकी सभद्रा घिमिरे, लाहानकी रीतादेवी पूर्वी तथा उदयपुरकी श्यामदेवी चौधरी विजयी भएका छन् । विजयी हुनेहरुले लगेज ब्याग प्राप्त गरेका छन ।

आईएमईको दशै-तिहार लक्षित भदौ १६ गतेदेखि सुरु भएको यो योजना आगामी असोज १९ गतेसम्म सञ्चालन हुने बजार तथा व्यापार प्रवर्द्धन प्रमुख डेनियल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment