Comments Add Comment

पर्वतका प्रेमबहादुरले मलेसियाबाट पाए एक करोड १२ लाख क्षतिपूर्ति

Maleshia

२७ भदौ, काठमाडौ । मलेसियामा बस दुर्घटनामा परी घाइते पर्वत बाजु्का प्रेमबहादुर रेग्मीले एक करोड १२ लाख क्षतिपूर्ति पाएका छन् । सन् २०१० जुलाईमा मलेसिया पुगेका रेग्मी जेसीवाई एचडीडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ मा काम सकेर होस्टेल फर्किने बेला दुर्घटना भएको थियो । रेग्मीको दाहिने हात काटिएको छ ।

दुर्घटनाको दुई वर्षपछि बस कम्पनीसँगको कानूनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाए । उनले मलेसियाको बिमा कम्पनीबाट पाँच लाख १० हजार एक सय ५० र बस कम्पनीसँगबाट एक करोड ६ लाख ५० हजार रुपैंयाँ क्षतिपूर्ति पाएको नागरिक दैनिकमा खबर छ ।

बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजना अन्तर्गतको रकम पाएका हुन् । बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना तिरेको छ । दुर्घटनापछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा रहेका नेपालीले दायर गरेको मुद्दामा जोहोबारु अदालतले क्षतिपूर्तिको फैसला गरेको हो ।

उक्त रकमले के गर्ने भनेर योजना नबनाएको रेग्मीले बताए । रामै्र काम गर्ने सोंच छ तर अलिपछि,’ उनले भने । क्षतिपूर्ति श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ्को हातबाट रेग्मीलाई दिइएको छ । रेग्मीलाई क्षतिपूर्ति दिलाउन कम्पनीसँग कानूनी लडाई लडेका ओन्सुरिया म्यानेजमेन्टका प्रबन्ध निर्देशक दातो जिमी ताइ र कार्यकारी निर्देशक दातो अन्ना लिमसमेत उनीसँगै नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment