Comments Add Comment

पत्रकार संघसँगै ‘अझै पनि’को सहकार्य

ajai-pani-t-shirt
आजबाट हेटौडामा चलचित्र पत्रकार संघको आयोजनामा तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ । चलचित्र पत्रकार संघ हेटौडा शाखाको सहकार्यमा आयोजना भएको कार्यशाला गोष्ठीमा सहभागी हुन चलचित्र पत्रकारहरुको जम्बो टोली हेटौडा पुगेको छ ।

यसैविच,चलचित्र पत्रकार संघको यो कार्यका लागि चलचित्र ‘अझै पनि’ले सहकार्य गरेको छ । फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको निर्माणपक्षले कार्यशालाका लागि टिसर्ट प्रायोजन गरेको हो ।

कार्यशालामा अखण्ड भण्डारी, भरत शाक्य, डब्बु क्षेत्री, राजेश खनाल, विजयरत्न तुलाधर लगायतले सहजीकरण गर्नेछन् । संचारकर्मीहरु आफ्ना लागि महत्वपूर्ण भएको भन्दै शुभकामना सहित टिसर्ट प्रायोजन गरेको निर्मात्री पूनम गौतमले बताइन् ।

सुदर्शन थापा, पूजा शर्मा लगायतका कलाकारले अभिनय गरेको यो सिनेमालाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् । चलचित्रमा सुदर्शन थापाको पनि लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment