Comments Add Comment

सरकारले चेपाङ र गन्धर्वलाई घर बनाइदिने

२८ भदौ, गोरखा । सरकारले चेपाङ र गन्धर्व समुदायका मासिलाई घर बनाइदिने भएको छ । यो वर्ष चेपाङका लागि ८० र गन्धर्वका लागि २० घर बनाइने भएको हो ।

सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत गोरखाका विभिन्न गाविसमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक चेपाङ र गन्धर्व घर बनाइन लागिएको हो ।

घर निर्माणका लागि सरकारले दुई करोड पाँच लाख विनियोजन गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।

यो वर्ष गन्धर्व र चेपाङका लागि एक सय घर बनाइने डिभिजन प्रमुख श्यामकिशोर सिंहले बताए । सिंहले भने-‘घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, मकैसिङ, ताक्लुङ र मनकामना गाविसमा बसोबास गर्ने चेपाङ र गोरखा नगरपालिका, मसेल, पालुङ्टार र आँपपिपल गाविसमा बसोबास गर्ने गन्धर्व समुदायलाई नयाँ घर बनाइदिन लागिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment