Comments Add Comment

चितवनमा बस दुर्घटना, १४ घाइते

२८ भदौ, चितवन । चितवनको रामनगरस्थित भतेरी जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

पोखराबाट सर्लाही जान आउँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिव २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मुग्लिङ नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर-१ भतेरी जङ्गलमा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते यात्रुको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment