Comments Add Comment

रुस पूरै युक्रेन हत्याउन चाहन्छः युक्रेनी प्रधानमन्त्री

२८ भदौ, काठमाडौं । युक्रेनका प्रधानमन्त्री आर्सेनिय यात्सेन्युकले रुसले आफ्नो देशलाई मटाएर फेरि सोभियत संघ बनाउन खोजेको आरोप लगाएका छन् ।

युक्रेन अहिले पनि युद्धमा रहेको उनले बताए । रुसले उक्साएको उनको आरोप छ । रुसी राष्ट्रिपति भ्लादिमिर पुटिनबारे युक्रेनी प्रधानमन्त्री यात्सेन्युकले भनेका छन्-‘उनको लक्ष्य पुरै युक्रेन हत्याउने हो ।’

युक्रेनलाई बचाउने एक मात्र बाटो उत्तर एटलान्टिक सन्धि संगठन नेटो भएको उनले बताएका छन् ।

पश्चिमा देशहरुले पनि रुसी भाषी विद्रोहीहरुलाई रुसले उक्साएको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment