Comments Add Comment

नेयमारको गोलमा बार्सिलोना विजयी

२९ भदौ, काठमाडौं । खेलको अन्त्यतिर नेयमारको दुई गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेयमारले पाँच मिनेटभित्र दुई गोल गरेका थिए । बार्सिलोनाले गोल गर्न नसकिरहेको उनी ६३ औं मिनेटमा मुनिरको स्थानमा मैदान प्रवेश गरे ।

खेलको ७९ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८४ औं मिनेटमा लिओनल मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नेयमारले बार्सिलानालाई महत्वपूर्ण तीन अंक दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment