Comments Add Comment

राजनीतिक सम्मेलनमा ज्ञानेन्द्रको सहभागिता असम्भव : गजुरेल

२९ भदौ, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले राजनीतिक सम्मेलनमा पूर्व राजा ज्ञानेन्द्रको सहभागिता सम्भव नरहेको बताएका छन् ।

CP-gajurelउनले भने-‘नेपाल गणतन्त्रमा प्रवेश गरिसकेको छ । यहाँ गणतन्त्र र धर्म निरपेक्षताको विरोध गर्नेको कुनै अस्तित्व हुँदैन ।’

उनले राजनीतिक सम्मेलन राजनीतिक पार्टीहरुका वीचमा हुने बताउँदै राजाको कुनै पार्टी नभएकाले त्यसमा कुनै सहभागीता नहुने स्पष्ट पारेका छन् । गजुरेलले भने-‘यो दर्शन गरेर हिँड्नेहरुको लागि गरिएको सम्मेलन होइन ।’

संविधानसभाबाटै संविधान जारी भएपनि आपत्ति छैन

एमाओवादी उपाध्यक्ष गजुरेलले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको बताएका छन् ।
दलहरु राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमति भएपछि जहाँबाट संविधान जारी गरे पनि आफूहरुलाई आपत्ति नहुने बताए । उनले भने-‘संविधानसभालाई हामीले निषेध गरेका छैनौं । अहिले हामीले संविधान सभालाई विघटन गर्नुपर्छ भनेर माग राखेका छैनौं ।’

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना हुनु मुलुकको राजनीतिमा आईस बे्रक भएको बताए । उनले भने- राजनीतिक सम्मेलन मुलुकको लागि शुभ संकेत हो, राजनीतिको आईस ब्रेक हो । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं ।

सम्मेलनमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने, नयाँ संविधानका अन्तरवस्तुमा सहमति जुटाउने र समसामयिक राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयबस्तुको विषयमा छलफल गर्ने एजेण्डा रहेको गजुरेलले बताए ।

राष्ट्रिय राजनीतिक सम्मेलन कांग्रेस र एमालेले भने जस्तो एक दिन मात्र नभएर यो लामो समयसम्म चल्ने दावी गर्दै नेता गजुरेलले प्रधानमन्त्री अमेरिकाबाट फर्किएर आएपछि फेरि पनि छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment