Comments Add Comment

सूर्या लार्इफको कार्यकारी महाप्रवन्धकमा लालकर्ण नियुक्त

२९ भदाै काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको कार्यकारी महाप्रबन्धकमा मनोज कुमार लालकर्ण नियुक्त भएका छन । उनले भदौं २६ गतेबाट आफ्नो जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ ।

कर्ण यसअघि एलायन्स इन्स्योरन्समा बरिष्ठ प्रबन्धकको रुपमा करिब साढे छ बर्ष काम गरेका थिए । उनीसँग लाइफ इन्स्योरेन्स कर्पोरेसनमा साढे पाँच बर्ष, युनाइटेडमा साढे दुई बर्ष, एनएलजी इन्स्योरेन्समा साढे दुई बर्षको अनभव छ भने बीएससी र एमबीए उतिर्ण गरेका छन ।

नियामक निकाय बीमा समितिले २०६९ भदाैमा बीमकको संस्थागत सुसासन निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरूले योग्य कार्यकारी प्रमुख पाएका थिएनन । समितिले निर्देशिकामा कम्तीमा स्नातक उतिर्ण गरेको हुनुपर्ने, बीमा कम्पनीको व्यवस्थापकीय लेभलमा बसेर काम गरेको अनुभव हुनुपर्नेलगायतका योग्यता तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment