२९ भदौ काठमाडौं । साताको पहिलो दिन आइतबार ८ अंकले घटेर नेप्से परिसूचक ९०२ अंकमा झरेको छ । बजार खुलेदेखि नै नेप्से घटेको थियो ।
नेप्सेमा दुइतिहाई हिस्सा रहेको वाणिज्य बैंक समूहको सूचक ८ अंकले र जलविद्युत समूहको सूचक साढे ३३ अंकले घटेसँगै नेप्से पनि घटेको हो ।
त्यसैगरी वित्त कम्पनी सहूको सूचक ५ अंकले, बीमा समूहको सूचक ९ अंकले र अन्य समूहको सूचक १८ अंकले घटेका छन् ।
आइतबारको कारोबारबाट होटल विकास बैंक र उत्पादनमूल क्षेका सूचक भने बढेका छन् । होटलको १९ हंकले, उत्पादनमूलकको साढे दुई अंकले र विकास बैंक समूहको सूचक ०.३ अंकले बढे ।
यो दिन १ सय २४ कम्पनीका ८ लाख कित्ता सेयर ३४ करोड ३१ ल्ाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।