Comments Add Comment

राधा पौडेलको ‘खलंङ्गामा हमला-एउटी नर्सको डायरी’लाई मदन पुरस्कार

२९ भदौ, काठमाडौं । २०७० सालको मदन पुरस्कार ‘खलंङ्गामा हमला-एउटी नर्सको डायरी’का लागि राधा पौडेललाई प्रदान गरिने भएको छ । यो उनको पहिलो पुस्तक हो ।

Radha-Paudel
राधा पौडेल

‘खुसीको अनुभूति भएको छ’ उनले भनिन्-‘यो पुस्तक न्याय र शान्तिका लागि गरेको लेखिएको थियो ।’

खलंङ्गामा हमला द्वन्द्वकालीन समयमा २०५९ सालमा माओवादीले जुम्ला सदरमुकाम खलंगा आक्रमणलाई लिएर लेखिएको पुस्तक हो । यसअछि उनको अर्को कृति आएको छैन ।

खलंगा आक्रमणका बेला जिल्ला अस्पतालमा नर्सका रुपमा कार्यरत थिइन् । आक्रमणको बेला कोठामा थिइन् भने कोठाका भित्ताहरुमा गोली बर्सिए । त्यो रात आफूले पुनर्जीवन पाएको बताउँछिन् ।

त्यसपछि उनी जागिर छाडेर काठमाडौं आइन् । पौडेल एक्सन वक्र्स नेपालकी संस्थापक अध्यक्ष हुन् ।

मदन पुरस्कार गुठीको साधारण सभाले जगदम्बा श्री शिप रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रकारिताको विशिष्ट संकलन र तीनको समीक्षा, समालोचना र लेखन गरी नेपाली भाषाको अविरल सेवा गरेकाले रेग्मीलाई सम्मान गर्न लागिएको हो ।

दुबै पुरस्कारको राशी समान २/२ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment