Comments Add Comment

एकता विकास बैंक नेप्सेमा सूचिकरण

२९ भदौ, काठमाडौं । एकता विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच सेयर सूचिकरण सम्झौता भएको छ । गत बुधबार भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेल र स्टक एक्सचेन्जका तर्फबाट महाप्रबन्धक सीताराम Ekata-bikash-Bankथपलियाले हस्ताक्षर गरे ।

चुक्ता मूल्य एक सय रुपैयाँ अंकित २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर सूचिकरण गर्ने सम्झौता भएको छ । सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीहरुको ८ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १२ लाख कित्ता समेत गरी जम्मा २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण भएको हो ।

सर्वसाधारणले आगामी सातादेखि विधिवत रुपमा इजाजत प्राप्त सदस्य दलालहरुम्ाार्फत नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट बैंकको शेयर खरीद बिक्री गर्न सक्नेछन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले रुपन्देही, कपिलवस्तु र दाङ्ग ३ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । हालसम्म बैकका दुई विस्तारित शाखासहित कुल शाखा सङ्ख्या ९ रहेको छ ।

अधिकृत पँूजी ४० करोड र जारी एबं चुक्ता पुँजी २० करोड रहेको यस बैंकको हालसम्म निक्षेप संकलन १ अर्ब ४८ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment