Comments Add Comment

प्रहरी कार्यालयबाटै ‘सुन चोर’ फरार

३१ भदौ, बुटवल । सुन चोरेको अभियोगमा पक्राउ परेका एक व्यक्ति मंगलबार बिहान साढे ७ बजे प्रहरी कार्यालयबाटै हतकडीसहित भागेका छन् ।

भदौ २९ गते चितवन प्रहरीले सुन चोरीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी भदौ ३० गते वडा प्रहरी कार्यालय बुटवललाई बुझाएको थियो ।

स्रोतका अनुसार घटनाबारे चितवनको मणिरत्न सुन पसलको बिजक सहित १ तोला ९३ लाल तौल रहेको सुनको सिक्रीसहित चितवन जिल्लाको मणिरत्न सुन पसलको सिक्री आरोपित व्यक्तिले भदौ २८ गते बुटवलमा रहेको एक सुन पसलमा ९४ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए ।

त्यस्तै चितवनकै प्रदिप गेष्ट हाउसमा बास बसेका अर्का व्यक्तिको सुन भदौ २८ चोरी भएपछि उनले चितवन प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधरमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गर्दा उनले बुटवलमा रहेको सुन पसलमा आफुले सुन बचेको बताएपछि उनलाई बुटवल पठाइएको थियो । बुटवल वडा प्रहरी कार्यालयले घटना स्वीकार गरे पनि फरार अभियुक्तको नाम बताउन मानेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment