Comments Add Comment

सुवाससँग अनिताको यस्तो मस्ती

subash-and-anita
‘कस्तो भयो जिन्दगी आफैलाई थाहा छ, जती नजिक हुन खोज्छु उती नै टाढा लागिराछ, दुरी-दुरी नै रह्यो, छोट्याउन सकिन, यो मनले त्यो मनलाई भेट्टाउन सकिन, ‘सरी ल’ ।

प्रस्तुत संवाद चलचित्र ‘सरी ल’को हो । ऋषी लामिछानेको निर्देशनमा बनेको यो सिनेमा कात्तिक २१ गतेबाट देशभरका हलमा लाग्दैछ । चलचित्रको निर्माणपक्षले यसको प्रचार सुरुवात पनि गरेको छ ।

चलचित्रका संवादहरु मनै छुने खालका छन् । विशेषगरी भावनात्मक सिनेमा बनाउन सफल मानिएका निर्देशक ऋषी लामिछानेका कारण पनि यसको कथावस्तु राम्रो रहेको आशा धेरैले गरेका छन् । subash-and-anita-photo

चलचित्रमा सुवास थापा, राजन खतिवडाको साथमा नयाँ अनुहार अनिता आचार्यको अभिनय छ । भर्खरै मात्र ‘बिर्खेलाई चिन्छस्’बाट चर्चामा आएका सुवासलाई ‘सरी ल’मा पनि दर्शकले मन पराउने निर्माणपक्षको वुझाई छ । म्यूजिक भिडियोमा देखिएकी अनिताका लागि यो सिनेमा बिशेष छ । anita-and-rajan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment