Comments Add Comment

बालिकालाई आइरनले डाम्ने दम्पत्ति धरौटीमा छुटे

सलमान खान

१ असोज, भैरहवा । सुगा मारेको आरोपमा १० वर्षीया बालिका आइरनले डाम्ने भैरहवाका दम्पत्तिलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छोडेको छ ।

जिल्ला अदालत रुपन्देही २ नम्बरका न्यायधिश चन्द्रमणि ज्ञवालीको एकल इजलासले उक्त दम्पत्तिलाई जनही एक/एक लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालत रुपन्देहीका श्रस्तेदार श्यामलाल घिमिरेले जानकारी दिए ।

सुन व्यवसायी समेत रहेका भैरहवा सिनपा ७ का राजन विश्वकर्मा र उनको श्रीमती शिबु रसाइलीले बालिकालाई घरेलु कामदार राखेका थिए । घरमा पालिएको सुगा मारेको भन्दै बालिकाको शरीर आइरनले नै पोलेर यातना दिएपछि प्रहरीले भदौ ८ गते पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योग मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment