Comments Add Comment

फिफा वरियतामा नेपाल १७ स्थान तल झर्‍यो

२ असोज, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ वरियता क्रममा नेपाल १७ स्थान तल झरेको छ ।

फिफाले बुधबार जारी गरेको नयाँ वरियतामा नेपाल १८३ औं स्थानमा छ । नेपालले पछिल्लो पटक एसियाडमा इराकसँग ४-० र दोस्रो खेलमा कुवेतसँग ५-० ले पराजित भएको थियो । अब जापानसँग खेल्न बाँकी छ ।

एसियाडको तयारीका क्रममा बंगलादेशसँग एक खेल हालेको थियो भने एक खेल जितेको थियो ।

अफगानिस्तान शीर्ष स्थानमा कायम

दक्षिण एसियाली मुलुकमा अफगानिस्तान शीर्ष स्थानमा कायमै छ । तर, समग्र वरियता क्रममा ६ स्थान तल झरेर १३५ औं स्थानमा आइपुगेको छ ।

माल्दिभ्स १४५ औं स्थानमा कायमै छ । भारत ८ स्थान तल झर्दै १५८ औं स्थानमा पुगेको छ । पाकिस्तान ११ स्थान तल झरेको छ र १७५ औं नम्बरमा छ । श्रीलंका दुई स्थानमा माथि उक्लिएर १७६ औं स्थानमा पुगेको छ ।

बंगलादेश ११ स्थान तल झरेको छ र १८१ औं स्थानमा आइपुगेको छ । भुटान २०८ औं स्थानमा कायमै छ ।

जर्मनी शीर्ष वरियतामा

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा कायमै छ । अर्जेन्टिना दोस्रो स्थानमा छ भने कोलम्बिया नेदरल्याण्डलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड चौथो स्थानमा छ । वेल्जियम पाँचौं स्थानमा छ ।

ब्राजिल एक स्थानमाथि उक्लिएर छैटौं स्थानमा आएको छ भने उरुग्वे एक स्थान तल झरेको छ र सातौं नम्बरमा तथा स्पेन आठौं नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment